२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, १३ जना घाइते

Road Accident

काठमाडौं, १७ वैशाख । कालिकोट, शुभकालिका गाउँपालिका-२ छातीस्थित सडकमा क.प्र.०२००१ क ०१२९ नम्बरको स्काईभेटर सडकबाट करिब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काईभेटरका सहचालक सोही गाउँपालिका-१ छाती बस्ने २४ वर्षीय दल बहादुर रिजालको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्काईभेटर चालकलाई उपचारको लागि सुर्खेत पठाइएको छ ।

भोजपुर, आमचोक गाउँपालिका-८ पारकवामा बांलखाबाट मैयुङटारतर्फ जाँदै गरेको को. १ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका-१० बस्ने २७ वर्षीया रूना राईको घटनास्थलमै र गम्भीर घाइते भएकी सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने ३६ वर्षीया शान्ती राईको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँके, खजुरा गाउँपालिका(७ सिमलघारीस्थित सडकमा लु.४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने धिरेन्द्र शाहीकी छोरी ३ वर्षीया हिमान्सी शाहीको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस