२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज १० जना मृत अवस्थामा फेला

Crime hatya

काठमाडौं, १७ वैशाख । सुनसरी, बराहक्षेत्र नगरपालिका–१ चतरा बसपार्कस्थित सिता कार्कीको होटेलमा काम गरी बस्ने सोही नगरपालिका–२ रेल्वे–लाइन घर भएकी ७० वर्षीया शान्ता भुजेल उक्त होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

संखुवासभा, मादी नगरपालिका–४ डाडा गाउँ बस्‍ने ४० वर्षीय राम बहादुर गदाईली आफ्नै मकै बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, नगराईन नगरपालिका–२ जटही बसपार्क नजिक आँपको बगैंचामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ आर्टीयओ रोडमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, सोताङ गाउँपालिका–४ भोटेखर्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

शुक्लागण्डकी नगरपालिका–१ सयलामुनीस्थित फुस्रेखोलामा डुबेर सोही नगरपालिका–१ शेराबेशी बस्ने सरिता परियारको छोरा ११ वर्षीय आशिष परियारको मृत्यु भएको छ । आमासँग गोठालो जाँदा हराए पश्चात खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर अचेत अवस्थामा फेला परेका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी डोटी, जोरायल गाउँपालिका–६ दह बस्ने ६४ वर्षीय यज्ञ बहादुर छेडाल सोही ठाउँस्थित सडक नजिक मृत अवस्थामा फेला परेका छन् । ईलाम, माई नगरपालिका–२ रातो खाडी बस्ने २६ वर्षीय रमेश योगी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, चौबिसे गाउँपालिका–८ चाईनेटार बस्ने ४७ वर्षीय अर्जुन चेम्जोङ सोही गाउँपालिका–७ माथिल्लो गिद्देस्थित सार्वजनिक पाटीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । पानीको महशुल तिर्न भनी शनिबार घरबाट गएका उनी घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा शव फेला परेको हो । सिन्धुली, गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशी नदी किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस