२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेस्टइन्डिज ए विरुद्ध आजपनि नेपाली टोलीले देखायो चमत्कार : एकपछि अर्को विकट ढाल्यो

१६ वैशाख, काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ए सँगपनि राम्रो सुरुवात गरेको छ । २.५ ओभरमा नै नेपालले दुई विकेट ढालेको छ । मात्र १७ रन जोडेको वेस्टइन्डिज ए को २.२ ओभरमा सागर ढकालले पहिलो सफलता दिलाए । लगत्तै ढकालले नै २.५ ओभमार अर्को विकेट लिए । नेपाल टस हारेर पहिला फिल्डिङ मा छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

 

नेपालको प्लेइङ ११ : लोकेश बम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेल ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस