२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम–२ को मतगणना अपडेट : कसले पल्ला भारी ?

१६ बैशाख, इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानकाे मतगणना तयारी भइरहेकाे छ ।

मतपेटिका संकलन गर्ने कार्य बिहान २ बजेसम्म सकिएकाले सर्वदलीय बैठक बाेलाएर मतगणना सुरु गर्ने तयारी भएकाे हाे । मतपेटिका इलाम–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको छ ।

हिजाे बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियाे । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो । जहाँ ७४५ जना कर्मचारी खटिएका थिए ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । मतगणना आज बिहान ७ बजेबाट नै सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन् ।

उनका अनुसार सबै मतपेटिका संकलन भइसकेकाे छ । मतपेटिका संकलन भइसकेकाले सर्वदलीय सहमतिपछि मतगणना सुरु हुने उनले बताए । आजै बेलुकासम्ममा अन्तिम मत परिणाम आउने गरी मत गणनाको काम अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस