२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा नि:शुल्क उपचार

काठमाडौं, १६ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशरभरका जुनसुकै पालिकाका गरीब तथा अशक्त विरामीहरुलाई काठमाडौंमा नि:शुल्क उपचार गरिदिने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पाष्ट गर्दै नि:शुल्क उपचारको जानकारी गराएका छन् ।

उनले नि:शुल्क उपचार सेवा पाउन आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिश ल्याई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र रहेका ४३ अस्पतालका ३२३ वटा बेडमा गरीब तथा अशक्त र असहायलाई आवश्यकता अनुसार निशुल्क उपचार गरिने मेयर बालेनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस