२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली परिवारद्वारा करोडौँको जग्गादान

बिर्तामोड, वैशाख १५ गते । झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गरेका छन् । लक्ष्मीप्रसादका ओलीका आफ्ना सन्तानबाट ओलीवंश समन्वय समिति नेपाल, ओलीवंश कुल मन्दिर तथा ओलीवंश सामुदायिक भवनका लागि उक्त जमिन प्रदान गरेको ओलीवंश समन्वय समिति नेपालका केन्द्रीय सदस्य अनिरुद्ध ओलीले बताए ।

सो जमिन गोपालप्रसाद ओली, राजु ओली, बद्रीप्रसाद ओली, निमेश ओली, अनुप ओली, सुर्यप्रसाद ओली, प्रकाश ओली, सुरज ओली, गङ्गाप्रसाद ओली, गणेश ओली र विनोद ओलीले करोडौँ मूल्यको जमिन ओलीवंश परिवारलाई सामाजिक कार्यका लागि दान गरेका हुन् । यसैबिच दाता परिवारका तर्फबाट विशेष पूजाअर्चनासाथ दान गरिएको जमिनमा सामुदायिक भवन तथा कुलदेउता उपमन्यु गोत्रीय ओलीको मूल मन्दिरसहितको संरचना निर्माणको शिलान्यास सुरु गरिएको छ ।

दाता परिवार र ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली र जिल्ला अध्यक्ष भवानीप्रसाद ओलीले बन्धु भवन तथा मन्दिरको शिलान्यास गरे । सामुदायिक भवन दाता परिवारबाटै सहयोग सङ्कलन गरी बनाइने आयोजक समितिले जनाएको छ । यसरी आफ्नो बन्धुका लागि करोडौँको जमिन दान गरेर ओली बन्धुको संस्था विकास र कुलदेउता मन्दिर सामुदायिक भवन बनाउने हौसला प्रदान गरेको भन्दै दाताको सम्मानका लागि पनि जतिसक्दो चाँडो उक्त क्षेत्रमा भवन र मन्दिर बनाइ छाडने ओलीवंश समन्वय समितिका जिल्ला सचिव राजेन्द्र ओलीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस