२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वेष्ट इण्डिज ‘ए’ लाई आज झनै मुस्किल: दीपेन्द्रको एकै ओभरमा २ विकेट सहित ७ विकेट ढल्यो

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले सात विकेट लिएको छ । नेपालका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एउटै ओभरमा दुई–दुई विकेट लिए भने कुशल भुर्तेलले पनि दुई विकेट लिए । विकेट किंग सोमपाल कामीले देशका लागि एक विकेट थपे । टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । भुर्तेलले वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेशसहितका दुई विकेट लिए । सोमपालले बलिङको सुरुवातमा नै शानदार विकेट लिए । दीपेन्द्रलेपनि आफूलाई सम्हाल्दै एक ओभरमा नै दुई विकेट लिए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस