२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Road Accident

बैशाख १६, पाल्पा । पाल्पाको रैनादेवीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका- ६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको शनिबार साँझ टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको दोभानबाट तिनाउ गाउँपालिका-१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले लु.१७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस