२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सल बेरिएर २२ वर्षीया स्मृतिको मृत्यु : उषा गम्भीर घाइते, दुई पाङ्ग्रेमा हिँड्दा सचेत हुनुहोस्

बर्दीबास, बैशाख १६ गते । पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ । मोटरसाइकल पछिल्लो चक्कामा सल बेरिएपछि बाइक दुर्घटना भएको बर्दीबास प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सर्लाही बागमती –४ कि २२ वर्षीया मोटरसाइकल चालक स्मृति कार्कीको मृत्यु भएको हो । प्रहरीकाअनुसार चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको उहाँलाई दुर्घटनालगत्तै बर्दीबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि सघन उपचारका लागि जनकपुरस्थित काब्या अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा टाउकोमा चोट लागि गम्भीर घाइते भएकी ५० वर्षीया उषा कार्कीलाई शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि चिकित्सकको परामर्शमा काठमाडौं लगिएको छ ।

बर्दीबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकलको पछाडि चक्कामा उषा कार्कीको सल बेरिदा दुर्घटना भएको हो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस