१५ वैशाख, काठमाडौं । आज कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हुरी बतास चल्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना पनि छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०८१ बैशाख १५ गते बिहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status): कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ।
२०८१ वैशाख १५ गते (शनिबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
२०८१ वैशाख १६ गते (आइतबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
२०८१ वैशाख १७ गते (सोमबार)
दिउँसो: गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
राती: कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेकोले यसबाट त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।