२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रदर्शनका क्रममा मृत्यु डाँगीलाई शहीद घोषणाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राप्रपाले आन्दोलनका क्रममा मृत्यु भएका कार्यकर्तालाई शहीद घोषणाको माग गर्दै मसाल जुलुस निकालेको छ । राप्रपाले पार्टी कार्यालय धुम्बाराहीदेखि बसुन्धारासम्म प्रदशेन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि मागेका थिए ।

चैत २७ गते काठमाडौंमा पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीसाग झडप हुँदा बर्दियाका जिल्लास्तरीय नेता ठाकुर प्रसाद डाँगीको मृत्यु भएको थियो । उनै डाँगीको १३ औं तिथिका अवसरमा राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंसहित सबै जिल्लाहरुमा राप्रपाले प्रदर्शन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस