२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम–२ मा किरियापुत्रीले गरे मतदान

१५ वैशाख, इलाम । इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका हुन् ।

मतदान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको खड्काले प्रतिक्रिया दिए । इलाम–२ बाट गत ४ मंसिर २०७९ मा भएको चुनावमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । शनिबार विहानदेखि नै इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस