२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कपनमा तीन जना फेसन डिजाइनरले सञ्चालनमा ल्याए कला बुटिक

काठमाडौं । काठमाडौंको कपन स्थिति एकता वस्तीमा तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका छन् । वैशाली राणा, स्मिता राई र देवी तामाङ मिलेर बुटिक सञ्चालनमा ल्याएका हुन् । उनीहरु तीनै जनाले डिप्लोमा फेसन डिजाइनिङ र एड्भान्स कोर्ष समेत गरेका छन् ।

बुटिक सेन्टरमा महिला, पुरुष तथा बालबालिका सबैका कपडा उपलब्ध छन् । त्यस्तै बिवाहमा दुलहा तथा दुलहीले लगाउने कपडादेखि हरेक उमेर समूहका लागि मौसम अनुसारका कपडा राखिएको सञ्चालक देवी तामाङले बताइन् । तामाङले भनिन्, अन्य बुटिकमा सीमित सामग्री मात्र उपलब्ध छ तर यहाँ सबै उमेर समूहका लागि कपडा उपलब्ध छ ।

यहाँ उपलब्ध सबै सामग्री आफ्नै उत्पादन भएको सञ्चालक तामाङले जानकारी दिइन् । करिब ३० लाख लगानी रहेको कला बुटिककोे मिस नेपाल वल्र्ड प्रियंका रानी जोशीले उद्घाटन गरिन् । बुटिक हेर्दै भव्य छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस