२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कृष्ण कँडेल यानिकी दोहोरीका राजा, फेरि बज्यो इज्जतमा बाजा [ भिडिओसहित ]

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेल फेरि लफडामा फसेका छन् । केही समय अघिको विवाद सेलाउँन नपाउँदै फेसबुकबाट आफ्नै श्रीमतीका गोप्य र असहज हुने खालका सामाग्री बाहिरिएका छन् । उनको फेसबुक आइडी ह्याक भएको आशंका गरिएको छ । अहिले उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेका छन् ।

कँडेलले भने आफ्नो फेसबुक आइडी ह्याक भएको बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनले बताए । तर ह्याक हुँदा विदेशीहरुले अश्लिल भिडियो तथा पोष्ट मात्र गर्दथे । उनको भने श्रीमतीसँग केही गोप्य कुराकानी समेत सार्वजनिक भएका छन् । साथै सहयोग उठाउँदाका केही गोप्य दस्तावेजपनि बाहिरिएका छन् । यो अलिक शंकास्पद देखिन्छ । यसले कँडेलमाथीको विश्वासनियता भने कमी ल्याउने देखिन्छ । कँडेल पछिल्लो समय गायिका समिला श्रेष्ठसँग विवादको कारण चर्चामा छाएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस