२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘सन् २०५० सम्ममा जापानको ४० प्रतिशत क्षेत्रमा युवतीहरूको संख्या आधा घट्ने’

टोकियो, जापान । जापानका ४० प्रतिशत भन्दा बढी नगरपालिकाले आफ्ना युवा महिला बासिन्दाहरूको संख्या २०५० सम्ममा आधाभन्दा बढीले घट्ने सम्भावना रहेको बताएका छन् । देशको जनसंख्या द्रुत रूपमा घट्दै गएको कारण ३० बर्ष उमेर मुनिका महिलाहरुको संख्या तिब्रगतिमा घट्ने निजी क्षेत्रका विज्ञहरूले गरेको अध्ययनले देखाएको छ ।

जनसंख्या रणनीति प्यानलले बच्चा जन्माउने मूल पुस्ताका रूपमा रहेको २० देखि ३० वर्षका महिलाहरूको संख्यामा तीव्र गिरावट आएको कारण ७४४ नगरपालिकाहरू नै हराउने जोखिममा रहेको बताएका छन् । जोखिममा परेका क्षेत्रहरूमा स्थानीय सरकारहरू जनसंख्या घट्ने कारणले सञ्चालन गर्न समेत संघर्ष गर्नुपर्ने हुने विज्ञहरुले बुधवार रिपोर्ट सार्वजनिक क्रममा बताए ।

पछिल्लो प्रक्षेपणले जापान नीति काउन्सिलले सन् २०१४ मा जारी गरेको यस्तै अध्ययनबाट भएको सुधारलाई सङ्केत गरेको छ । जसमा ८९६ नगरपालिका वा समग्र संख्याको ४९.८ प्रतिशतले आफ्नो युवा महिला जनसङ्ख्या २०४० मा सन् २०१० को तुलनामा आधाभन्दा बढीले घट्ने अनुमान गरेको छ । यद्यपि, प्यानलले विदेशी बासिन्दाहरूको बृद्धिले सुधार भएको औंल्याएको छ । बिदेशी बासिन्दाको बृद्धि देखिएपनि जन्मदर घट्ने प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताइएको छ ।

७४४ नगरपालिकाका स्थानीय अधिकारी र केन्द्र सरकारलाई जन्मदर बढाउन र बाहिर जान नदिनका लागि पहल गर्न आग्रह गरेको छ । पछिल्लो प्रक्षेपण राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले डिसेम्बरमा जारी गरेको क्षेत्रअनुसार जनसंख्याको अनुमानमा आधारित रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस