२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदयपुरमा आगलागी हुँदा बुबा–छोरा कै घर खरानी

१४ वैशाख, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा २ घर जलेका छन् भने ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख रुपैयाँ र छोरा रमेशको घरमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस