२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईपीएलमा दिल्लीकाे गुजरातमाथि राेमाञ्चक जित

काठमाडौं । आईपीएल २०२४ को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई चार रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर २२४ रन बनाएको थियो ।

कप्तान ऋषभ पन्तले ४३ बलमा अविजित ८८ रन र अक्षर पटेलले ६६ रन बनाए । जवाफमा गुजरातको टोलीले २० ओभरको अन्त्यमा आठ विकेट गुमाएर २२० रन मात्रै बनाउन सक्याे । डेभिड मिलरले २३ बलमा ५५ र साई सुदर्शनले ३९ बलमा ६५ रन बनाए । दिल्लीसँग गुजरातको यो लगातार दोस्रो हार हो। यसअघि अहमदाबादमा पनि दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको थियो ।

यो जितसँगै दिल्ली आठ अंकसहित अंक तालिकाको सातौं स्थानमा पुगेको छ । उसले नौ खेलमा चार जित निकालेको छ । योसँगै गुजरातको टोली सातौंबाट आठौं स्थानमा झरेको छ । उसले पनि नौ खेलमा पाँच हारेको छ र आठ अंक छ। तर, नेट रन रेटमा गुजरातको टोली दिल्लीभन्दा पछाडि छ । दिल्लीको अर्को खेल २७ अप्रिलमा मुम्बई इन्डियन्ससँग पनि दिल्लीमा हुनेछ । त्यस्तै गुजरातको टोलीले आफ्नो अर्को खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग २८ अप्रिलमा अहमदाबादमा खेल्नेछ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस