२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रायः पुरुषहरुको विहान निन्द्राले छोड्दा लिंग किन उत्तेजित भइरहेको हुन्छ ?

काठमाडौं । प्रायः पुरुषहरुको विहान निन्द्राले छोड्दा लिंग उत्तेजनामा आइरहेको हुन्छ । कसै-कसैको भने यस्तो हुन्न । यदि हप्ताको २–३ दिन मात्र निन्द्रा खुल्दा लिंग उठेको अवस्थामा हुन्न भने, यो पनि सामान्य कुरा हो । तर यदि बिहान उठ्ने बित्तिकै पुरुषको लिंगमा उत्तेजना छ भने यो राम्रो कुरा हो । ।

बिहान उठ्ने बित्तिकै पुरुषलाई केही यस्तो हुन्छ जसले कहिलेकाहीँ लाजमर्दो बनाउँछ। अधिकांश पुरुषको लिंगमा बिहानै उत्तेजना हुन्छ । के तपाईलाई थाहा छ यो किन हुन्छ ? के यस्तो हुनु राम्रो हो ? वा भएन भने नराम्रो हो छ ? यदि तपाईलेपनि धेरै पहिलेदेखि यी प्रश्नहरूको जवाफ खोज्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई पक्कै मद्दत गर्नेछौं। पुरुषलाई बिहान उठ्नेबित्तिकै आफ्नो लिंगमा उत्तेजना महसुस हुनु सामान्य कुरा हो । यद्यपी बिहान उठ्ने बित्तिकै लिंग उत्तेजनामा नआउने पुरुषहरु धेरै छन् । यस बारेमापनि यहाँ लेख्नेछौं ।

विहान उठ्ने बित्तिकै जसको लिंग ठाडो रहन्छ त्यो पुरुष राम्रो हुने जनविश्वास रहेको मानिन्छ । यस्तो हुनु सामान्य हो । यसलाई राम्रो मानिन्छ। चिकित्सकका अनुसार यसलाई बिहानी इरेक्शन भनिन्छ । यो ७ वर्षको उमेरदेखि पुरुषहरूमा हुन्छ। यो धेरै लामो समयसम्म रहन सक्छ। मानिस ५० वर्षको भए पनि बिहान उठेपछि उसलाई इरेक्शन हुन सक्छ। बिहान उठ्नेबित्तिकै लिङ्ग ठाडो रहने व्यक्तिको रक्तनलीले राम्रोसँग काम गर्ने र स्नायु प्रणालीले पनि राम्रोसँग काम गरिरहेको छ भन्ने विश्वास गरिन्छ । आउनुहोस्, अब थाहा पाउनुहोस् विहान उठ्ने बित्तिकै लिंगमा इरेक्सन किन हुन्छ ? जानौं ।

बिहान उठ्ने बित्तिकै लिंगमा उत्तेजित हुने कारणहरु

बिहान उठ्ने बित्तिकै पुरुषहरुको लिंगमा उत्तेजना हुनु हाम्रो स्नायु प्रणालीका कारण हुने विश्वास गरिन्छ । उदाहरणका लागि हाम्रो शरीरमा कतै छुनासाथ छालाको मद्दतले थाहा पाइहाल्छौं । ओछ्यानमा पूर्ण रुपमा सुतेको बेला शरीरले एकदमै आराम गरेको हुन्छ । लगाएका कपडा वा ओढेका वा घोप्टो रहेका बेला ओछ्याएका कपडाहरुले लिंगलाई स्पर्श गरिरहेको हुन्छ ।

लिंग वरपरको भागलाई स्पर्श गर्दा स्वभाविक रुपमा लिंगमा उत्तेजना हुन्छ। यति मात्र हैन कुनै पनि मादक सुगन्धले पुरुषको लिंगमा उत्तेजना पैदा गर्न सक्छ। निन्द्राको अवचेतन अवस्थामा मस्तिष्क भने अनेकौं मादकतामा डुलिरहेको हुन्छ । त्यो कुरा लिंगले थाहा पाउँछ र आफू खडा हुन्छ । हामी सुतेको बेलापनि हाम्रो स्नायु प्रणाली जागृत हुन्छ। उसले काम गरिरहेको हुन्छ । त्यसको प्रभाव लिंगमा देखिन्छ ।

टेस्टोस्टेरोन हर्मोनको कारण
बिहान लिंग उठ्ने अर्को कारण शरीरमा टेस्टोस्टेरोन हर्मोनको अत्यधिक मात्रा हो। जब तपाई राति गहिरो सुत्नुहुन्छ । तपाईको शरीरले राम्रो मात्रामा टेस्टोस्टेरोन हर्मोन उत्सर्जन गर्छ । जसको फलस्वरूप पुरुषको लिंग सीधा रहन्छ। यो हर्मोनले तपाईको यौन जीवन सुधार्न मद्दत गर्छ। इरेक्शनको केहि समय पछि लिंग आफ्नो सामान्य स्थितिमा फर्कन्छ।

पिसाब वा पेटको हावा
पिसाब थैलीमा पिसाब टन्न भरिएको बेला वा पेटमा बेस्सरी हावा भरिएको बेला निदाइरहेको बेलापनि लिंग उठ्छ । निन्द्राकै क्षणमापनि पिसाबलाई थुन्दा वा पेटको अटसमटसलाई निन्त्रण गर्दा बाहिरी तन्तुहरु बेस्सरी खुम्चिन्छन् । त्यो बेला लिंगमा दवाव पर्छ । त्यसका असरले विस्तारै लिंग उत्तेजनामा आउँन थाल्छ । दिसा वा पिसाब निकालेपछि उत्तेजित लिंग आफै स्वभाविक स्थानमा आउँछ ।

अधिकांशको जिज्ञासाको विषय भएकाले आफूले पढिसकेपछि ग्रुप, अकाउण्ट वा अन्य सामाजिक सञ्जालहरुमा साझा गर्न नभुल्नुहोला । इन्बक्समा एक अर्का साझापनि गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस