२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतारका अमिरलाई दिएकाे रात्रिभाेजमा नबाेलाएकाे भन्दै मुस्लिम आयोग दुखी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा दिएको रात्रिभोजमा नबोलाएको भन्दै राष्ट्रिय मुस्लिम आयोग दुखी बनेको छ। आयोगका अध्यक्ष मिर्जा बेगले एक मुस्लिम देशका राष्ट्रप्रमुखको भेटमा मुस्लिम आयोगका पदाधिकारीलाई नबोलाएकामा दुख व्यक्त गरेका छन्।

राष्ट्रपतिजस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको रात्रिभोजमा पनि मुस्लिम आयोगलाई निम्ता दिइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिरको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना गरे । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपिस्थत थिए।

रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका प्रमुख व्यक्ति पनि सहभागी थिए। कतारका अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस