२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

Temperatures to heat 30s as hot weather kicks in

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरेको छ ।

विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।

विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस