२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते

अर्घाखाँची, १२ बैशाख । अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना हुंदा ७ जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल हिँडेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी शितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये कपिलवस्तु शिवराज नगरपालिका ५ निवासी ७० वर्षीया रमा अधिकारीको अवस्था गम्भिएर रहेको छ। गम्भिएर रमा अधिकारीलाई थप उपचारका लागि बुटवल ल्याएको छ । यसैगरै ६ जना अन्य घाइतेहरुलाई स्थानीय ठाडा स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक रावलले बताए ।

बुधबार दिउँसो साढे २ बजेको समयमा जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो । जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस