२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा पक्राउ

झापा । झापाको मेचीनगरस्थित घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर १२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदेम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशीलाई पक्राउ गरिएको हो ।

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो ।

उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Qlm7svzp2Tw?si=hIQVgaYVfWmZYTQd” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस