२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मटिहानीमा हेर्दा हेर्दै १२५ घर खरानी, ६ घण्टापछि बल्ल आगलागी नियन्त्रणमा

१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो ।

१० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ । धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेकव विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए । मेयर हरिप्रसाद मण्डलले आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताएका छन् । तर आगलागीमा ५ वटा बाख्रा र दुईवटा सुँगुर मरेको उनले बताए । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस