२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतारी अमिरले विकासमा नेपालीको योगदान सम्झिदै भने, अब थप क्षेत्रमा सहयोग गर्न तयार छौं

Remembering the contribution of Nepalis in development, the Qatari Emir said, now we are ready to help in more areas

११ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको भेटवार्ता सकिएको छ । दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौं आएका थानीसँग राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो ।

भेटवार्तामा कतारका अमिरले नेपालका लागि गर्न सकिने थप सहयोगमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले भने मध्यपूर्वको द्वन्द्वबारे चिन्ता रहेको बताएका छन् । राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको बताए । पौडेलले त्यस क्षेत्रमा युद्धको अन्त्य र शान्ति पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका छन् । त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौता सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सुखद् वातावरण तयार हुने बताए । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

भेटवार्तामा जलवायु परिवर्तन, हिमाल, पानीको स्रोत र वातावरण सन्तुलनजस्ता विषयमा पनि छलफल भएको छ । ‘विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तन भएको छ । यसमा सबैको सहकार्य हुन जरुरी छ । विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् । अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस