२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने विश्वकप खेल्ने आशा जाग्यो

Cricketer Sandeep Lamichhane will approach the High Court for further legal remedies

काठमाडौं । बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा यही वैशाख १६ गते आइतबारका लागि पेसी तोकिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिएको थियो । उनीहरुले मुद्दा हेर्न नभ्याइनेमा राखिदिएका थिए । उच्च अदालतले वैशाख १६ गते आइतबारका लागि पेसी तोक्ने निर्णय लिएको छ ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

यसअघि, उच्च अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ) की आमाको समेत जन्मदर्ता झिकाउने आदेश जिल्ला अदालतले गरेको थियो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले पुर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

अभियोग मुक्त भएमा सन्दीप विश्वकप खेल्न जानेछन् । वैशाख १६ गतेपछि लगातार सुनुवाई भएमा विश्वकपका लागि नेपाली टोली घोषणा पूर्व नै सन्दीपको अन्तिम फैसला आउनेछ । क्यान सन्दीपले सफाई पाएर विश्वकप खेल्न जाने कुरामा आशावादी रहेर पर्खिएर बसेको एक अधिकारीले बताए । सन्दीप नभएपनि नेपाली क्रिकेट टोलीको अवस्था खस्कदो छ । फ्यानहरुले खुबै चिन्ता व्यक्त गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस