२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्ने अधिकारी पक्राउ

arrested

१९ वैशाख, काठमाडौं । रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई काठमाडौं बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक आईडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरु समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि छ । पक्राउ परेका अधिकारीविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस