२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IPL 2024 मा गुजरातले गर्याे पञ्जाबलाई सहजै पराजित

काठमाडौं । मुल्लानपुरमा उत्कृष्ट प्रदर्शन गर्दै गुजरात टाइटन्सले सिजनको चौथो सफलता हात पारेको छ । पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातको टोलीले १९ दशमलव १ ओभरमा ७ विकेट गुमाएर सजिलै पुरा गरेको थियो ।

छैटौं स्थानमा ब्याटिङ गर्न आएका अलराउन्डर राहुल तेवाटिया टोलीका सर्वाधिक रनकर्ता बने । उनले १८ बलमा अविजित ३६ रनको शानदार इनिङ्स खेले र गुजरातलाई जित दिलाए। उनी बाहेक कप्तान शुभमन गिलले इनिङ्स ओपन गर्दै २९ बलमा ३५ रनको योगदान दिए । यी दुई ब्याट्सम्यान बाहेक टोलीका तेस्रो सर्वाधिक रन बनाउने खेलाडी साई सुदर्शन थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनले ३४ बलमा ३ चौकाको मद्दतले ३१ रनको योगदान दिए ।

बलिङमा पञ्जाबका हर्षल पटेल आज उत्कृष्ट फर्ममा देखिएका छन् । ३ ओभर बलिङ गर्दै उनले १५ रन मात्र खर्चेर अधिकतम ३ विकेटकाे सफलता हात पारे तर पनि टोलीलाई जित दिलाउन सकेनन् । पटेलले आफ्नो शिकार बनाएका गुजरातका ब्याट्सम्यान अजमातुल्लाह ओमरजाई, शाहरुख खान र राशिद खान थिए।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस