२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि ह्वात्तै घट्यो सुनको मूल्य

Gold Price Today Nepal

१० वैशाख, काठमाडौं । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १७ सय ५ रुपैयाँ कायम छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस