२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले अध्यक्ष ओलीलाई रूखा, खोकी : संक्रमणको जोखिमले निवासमै आराम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । प्रतिनिधि परिषद्को आजको बैठकमा वैशाख ८ गते शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने वैशाख १० गते सोमबार विशेष कार्यक्रम आयोजना गरिदै छ ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस