२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चामलको बोराभित्र लागुऔषध

काठमाडौं । काठमाडौंमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको हो ।

ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले चामल बोराभित्र डाइजेपाम ८४२, बुप्रोनोर्फिन ६८५ र फेनारगन ९५१ एम्पुल तथा नाइट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद भएको जानकारी दिए ।

प्रहरीले उक्त लागुऔषध ल्याउने सप्तरीका ४७ वर्षीय रामलोचन मुखिया र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको आरोपमा सप्तरीकै ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस