२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टाइगर दीपेन्द्रसिंह ऐरीले टारे नेपालको संकट, हङकङलाई १४० रनको लक्ष्य

Dipendra completed his half-century in a tough match against the Netherlands

काठमाडौं, वैशाख ७ । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध पहिले ब्याटिङ गरेको नेपालको संकट दीपेन्द्रसिंह ऐरीले टारेका छन् । अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्दै दीपेन्द्रले सम्मानजनक स्कोरसम्म पुर्याए । एकपछि अर्को गर्दै ८ विकेट गुमेपछिको अवस्थामा मैदानमा रहेका दीपेन्द्रले अन्तिम ओभरमा चौका र छक्काको बर्षा गर्दै नेपालको स्कोर १३९ मा पुर्याए । उनले २९ बलमा ४४ रन जोडे । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएपछि कुनैपनि ब्याट्सम्यान टिक्न सकेका थिएनन । खेलको ७.५ ओभरमा नेपालका लागि २१ रन जोडेर रोहित आउट भए । उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे। आउट हुनुअघि उनले १९ बलमा २ चौका प्रहार गरे।

यसअघि ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका थिए। उनलाई आयुष शुक्लाको बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्। आउट हुनुअघि आशिफ शेखले ११ बलमा ५ रनमात्रै बनाए।

ओपनर कुशल भूर्तेल दोस्रो बलमै आयुष शुक्लाको बलमा जिशन अलीबाट क्याच आउट हुन पुगेका थिए। त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी पनि ७ बल खेलेर आउट भए। तेस्रो ओभरमा आउट हुनुअघि सोमपालले १२ रन बनाएका थिए। त्यसक्रममा उनले २ चौका हाने। उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका हुन्।

कप्तान पौडेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका थिए । उनीपनि १४ बलमा १३ रन जोडेर आउट भए । सन्दीप जोरा छैटौ विकेटको रुपमा २३ बल खेल्दा २२ रन जोडेर आउट भए । लगत्तै गुल्शन झा ६ बलमा ६ रन मात्र जोडेर आउट भए । आठौ विकेटको रुपमा करण केसी ७ बलमा मात्र ३ रन जोडेर आउट भए । ललितनारायण राजवंशी ३ बलमा २ रन जोडेर नटआउट रहे । सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ।

इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ। हङकङविरूद्धको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस