२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपालले गरे ह्याट्रिक : ‘बीग म्यान’ बाबर हायतको लिए विकेट

काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध बलिङ गरिरहेको नेपालका सोमपाल कामी एक्लैले तीन विकेट लिएका छन् । उनले तेस्रो विकेटको रुपमा बीग म्यान बाबर हायतको विकेट लिएका हुन् । नेपालका लागि सोमपालले एकपछि अर्को विकेट लिए ।

पहिलो विकेटमा उनले यासिम मुर्तजालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि निजाकत खानलाई आसिफ शेखबाट क्याच आउट गराए । तेस्रो विकेटका रुपमा उनले हङकङका बीग म्यान बाबर हायतलाई मैदान बाहिर पठाए । उनले २५ बलमा दुई छक्का सहित २६ रन बनाएका थिए । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस