२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपाल कामी एक्लैले लिए चार विकेट

काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामी एक्लैले चार विकेट लिएका छन् । पाँचौं विकेटको रुपमा उनले आफैले गरेको बलिङमा जिशान अलीलाई रन आउट गराए । यसअघि दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए । उनले आफैले गरेको बलिङमा आफै उत्कृष्ट क्याच गर्दै एजाज खानलाई आउट गरे । यसअघि सोमपाल कामी एक्लैले तीन विकेट लिएका थिए ।

उनले तेस्रो विकेटको रुपमा बीग म्यान बाबर हायतको विकेट लिएका हुन् । नेपालका लागि सोमपालले एकपछि अर्को विकेट लिए । पहिलो विकेटमा उनले यासिम मुर्तजालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि निजाकत खानलाई आसिफ शेखबाट क्याच आउट गराए । तेस्रो विकेटका रुपमा उनले हङकङका बीग म्यान बाबर हायतलाई मैदान बाहिर पठाए । उनले २५ बलमा दुई छक्का सहित २६ रन बनाएका थिए । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस