२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ नेताले लेखेको १९ बुँदे आरोपपत्र सम्झिदै ओलीले गरे एमाले लयमा फर्किएको दाबी [प्रतिवेदनसहित]

८ वैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर एमाले फेरि लयमा फर्किएको निष्कर्ष प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीमा शनिबार सुरु राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले एमालेको यात्रा लयमा फर्किएको निष्कर्ष निकालेका हुन् ।

‘नेकपाको विभाजनको निर्णायक विन्दुका रुपमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभियोगपत्र दर्ता भएपछिका घटनाक्रमहरु केलाउँदा नेकपा (एमाले) ले कसरी कठिन यात्रा पार गरेर आफूलाई आजको अवस्थामा ल्याइपुर्‍याएको छ भन्ने स्पष्ट हुन्छ’, राजनीतिक प्रतिवेदनमा लेखिएको छ ।
अध्यक्ष ओलीले एमाले लयमा फर्किएको तथ्य देखाउन २८ कात्तिक २०७७ यताका प्रमुख राजनीतिक घटनाक्रमहरु सारांशमा प्रस्तुत गरेका छन् । नेकपाभित्रको विवादकै क्रममा आफूविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहितका ५ नेताले लेखेको १९ बुँदे आरोपपत्र नै नेकपा विभाजनको सुरुवात भएको ओलीको दाबी छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस