२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीको दाबी: एमालेविरूद्ध स्थापित गर्न खोजिएको कथित प्रतिगमनको भाष्य खण्डित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरूद्ध स्थापित गर्न खोजिएको प्रतिगमनको भाष्य खण्डित भएको दाबी गरेका छन् । शनिबारदेखि ललितपुरको गोदावरीमा सुरू भएको महाधिवेशन प्रतिनिधि परिषदमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले स्थानीय तह र आम निर्वाचनको परिणामले प्रतिगमनको भाष्य खण्डित गरेको बताएका हुन्।

ुनिर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोज्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट एक किसिमले अस्वीकृत भयो,’ उनले भने, ‘हाम्रो पार्टीविरूद्ध स्थापित गर्न खोजिएको कथित प्रतिगमनको भाष्य जो झुटो थियो। त्यो खण्डित भयो।’

उनले गएको आमनिर्वाचनमा सत्ताधारी ६ दलको गठबन्धनले सत्ताको चरम दुरूपयोग गरेको आरोप लगाए। ‘सत्तापक्षले हाम्राविरूद्ध साधन र स्रोतको दुरूपयोग गर्‍यो। ठाउँठाउँमा भएका हाम्रा कार्यकर्ताको हत्या, वुथ कब्जा, मतदान र मतगणनामा प्रयुक्त दोहोरो मापदण्ड, निर्वाचन आयोगलाई समेत प्रयोग गर्ने र राज्यसत्ताको चरम दुरूपयोग गर्नेजस्ता दुष्कर्महरूका कारण ती निर्वाचन स्वस्थ र लोकतान्त्रिक अभ्यासका रूपमा रहन सकेनन्,’ उनले भने।

त्यतिबेला पार्टीले निर्वाचन नभई एक किसिमले युद्ध नै लड्नुपरेको ओलीले बताए। तर घेराबन्दी, षड्यन्त्र र भ्रमपूर्ण प्रचारका बाबजुद आम निर्वाचनमा सर्वाधिक समानुपातिक मत २८ लाख ४५ हजार ६४१ प्राप्त गर्दै जनताको रोजाइको एक नम्बरको पार्टी बन्नु सामान्य उपलब्धि नभएको उनले अध्यक्ष ओलीले बताए।

‘साधन स्रोतको चरम दुरूपयोगका बाबजुद ६ दलको गठबन्धनले सामान्य बहुमत पनि हासिल गर्न सकेन,’ उनले भने। गठबन्धनको बलमा पहिलो पार्टी बनेपनि नेपाली कांग्रेसको जनाधार विगतमा भन्दा झनै खस्किएको र एमालेसँगको मतान्तर दोब्बर बढेको अध्यक्ष ओलीले बताए।

‘समानुपातिकतर्फ ७७ जिल्लामध्ये ४४ जिल्लामा सातमध्ये ६ प्रदेशमा पहिलो पार्टीका रूपमा स्थापित हुन सफल भयौं। स्थानीय तह निर्वाचनमा २०६ पालिका प्रमुख र २४६ उपप्रमुखलाई विजयी बनाउन सफल भयौं,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोज्ने वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट एक किसिमले अस्वीकृत भयो।

यसबाट एमालेविरूद्ध स्थापित गर्न खोजिएको प्रतिगमनको भाष्य खण्डित भएको अध्यक्ष ओलीले बताए। चरम प्रतिकुलताका बीचमा हासिल भएका यी उपलब्धिहरूलाई कम आक्न नमिल्ने उनले बताए। तर उक्त परिणाम पार्टीको अपेक्षाभन्दा न्यून र मुलुकको आवश्यकताका दृष्टिले पनि ज्यादै अपर्याप्त रहेको उनको भनाइ छ। ‘त्यसो हुनुका पछाडि सत्ता पक्षको घेराबन्दी मुख्य कारण त हुँदै हो। तर निर्वाचनको बेलामा हाम्रो पार्टीमा देखिएको व्यक्तिवाद, अस्वस्थता, असहयोग र अन्तर्घातजस्ता अराजक प्रवृत्ति पनि यस परिणाका लागि जिम्मेवार छन्,’ उनले भने।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस