२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत पाकिस्तानसँग खेल्ने सपना टुटेपछि म निदाएकै छैन : सोमपाल कामी

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग नेपाल ४ विकेटले पराजित भयो । योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमायो । यसअघि नै नेपालको एसिया कप खेल्ने सपनापनि टुटेको थियो ।

यो सपना टुटेपछि नेपालका उत्कृष्ट बलर सोमपाल कामीमा निन्द्रा नै हराएको छ । उनले आज हङकङसँगको खेलमा एक्लै चार विकेट लिएका थिए । उनले छोटो प्रतिक्रिया दिँदै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्ने सपना टुटेपछि नै आफ्नो निन्द्रा हराएको बताए । आज अनिन्द्रा अवस्थामा नै खेलेको उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस