काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध बलिङ गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका छन् । उनले आफैले गरेको बलिङमा आफै उत्कृष्ट क्याच गर्दै एजाज खानलाई आउट गरे । यसअघि सोमपाल कामी एक्लैले तीन विकेट लिए । उनले तेस्रो विकेटको रुपमा बीग म्यान बाबर हायतको विकेट लिएका हुन् ।
नेपालका लागि सोमपालले एकपछि अर्को विकेट लिए । पहिलो विकेटमा उनले यासिम मुर्तजालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि निजाकत खानलाई आसिफ शेखबाट क्याच आउट गराए । तेस्रो विकेटका रुपमा उनले हङकङका बीग म्यान बाबर हायतलाई मैदान बाहिर पठाए । उनले २५ बलमा दुई छक्का सहित २६ रन बनाएका थिए । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।