२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इसराइलले गर्‍यो इरानमा जवाफी हमल

बेरूत, वैशाख ७ । इसराइलले इरानमा जवाफी हमला गरेको छ। शुक्रबार राति इस्फाहन सहरनजिक हवाई अड्डा र परमाणुस्थललाई लक्षित गरी इसराइलले आक्रमण गरेको हो।

त्यहाँको आकाशमा ड्रोन र मिसाइलहरू देखापरेका थिए। ती ड्रोन र आक्रणमहरू इरानको हवाई डिफेन्स सिस्टमले निस्तेज तुल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

यो आक्रमणको पुष्टि दुवै पक्षले गरेपनि खासै महत्व दिएको छैन।

द न्युयोर्क टाइम्सका अनुसार इसराइलले अहिलेसम्म सार्वजनिक रूपमा इरानमाथि जवाफी आक्रमण सुरू गरिएको भनेको छैन। यद्यपि इरानको आक्रमणपछि त्यसको जबाफ दिनुपर्ने माग बढेको थियो।

इरानले आफ्नो आकाशमा शंकास्पद वस्तु देखिएको त्यसलाई निस्तेज पारिएको भनेको छ।

द न्यूयोर्क टाइम्सका अनुसार दुवै पक्षले इसराइलको पछिल्लो आक्रमणलाई खासै महत्व दिएका छैनन्।

यसबाट दुवै पक्ष यो मामिलालाई धेरै बढाउन चाहँदैनन् भन्ने बुझ्न सकिन्छ।

सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इसराइलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदलामा इरानले शनिबार राति इसराइलमा सयौं ड्रोन र मिसाइलबाट आक्रमण गरेको थियो।

इरानले आफूमाथि जबाफी आक्रमण गरे इसराइललाई  झन् ठूलो हमला गर्ने चेतावनी दिँदै आएको छ। यति मात्र होइन, इसराइललाई हतियार र अरू सहायता दिएर भरथेग गर्ने अमेरिकालाई पनि बीचमा नआउनू भनेर धम्क्याएको थियो।

अमेरिकाले पनि इसराइलाई इरानबाट सुरक्षा दिन सकिने तर इरानविरूद्धको लडाईंमा प्रत्यक्ष साथ दिन नसकिने बताउँदै विचार गरेर रणनीति अपनाउन भनेको छ। त्यसकारण इसराइलले इरानमाथि घोषित रूपमा आक्रमण गरेको छैन।

सिरियाको‍ इरानी दूतावास ‍भवनमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका ‘सेकेन्ड-म्यान’ जनरल मोहम्मद हादी हज रहिमी र उक्त क्षेत्रमा कुद्स फोर्सका सैन्य कमान्डर जनरल होसेन अमान अल्लाहीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस