२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर न सरकार बन्छ न देश चल्छ : ओली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने काम आफूहरुको भएकाले काे कम्युनिस्ट काे अवसरवादी छुट्याउन थालिएकाे बताए । त्यही बुझेर नै विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पु¥याएको भन्दै उनले भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो ।’

अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिवद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने उनकाे तर्क छ । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’

यसको अर्थ एकता नै गर्दैन भन्ने नभएको उनले बताए । ‘एकता परेका बखत गर्छौं, तर छानेर’ उनले भने, ‘पार्टी विगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौं । तर आन्दोलन र देशकाे फाइदाका लागि सच्चिएका बामपन्थीसँग एकता गर्ने ओलीले स्पष्ट पारे ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस