२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । २०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो । सभामुख देवराज घिमिरेले ७० दिनमा भएगरेका काम कारबाहीको संक्षिप्त जानकारी गराएका छन् ।

२३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए । यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ ।

राष्ट्रियसभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ । सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो । हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस