२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजस्थानले पन्जाबलाई ३ विकेटले हरायो

२ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे । पन्जाबका कागिसो राबडा र साम कुरानले दुई/दुई तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५/१५ बनाए । राजस्थानका अभेस खान, केशव महाराजले दुई/दुई तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले एक/एक विकेट लिएका थिए ।

राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं क्रममा छ । ६ अंक जोडेका कोलकाता नाइटराइडर्स, चेन्नाइ सुपर किंग्स, लखनउ सुपर जायन्ट, सनराइज हैदराबाद र गुजरात टाइटान्स क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस