२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुख्यमन्त्रीमा उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरी दाबी प्रस्तुत

Kailash Chaudhary from Ranjita's side presented a claim for immunity to the Chief Minister

धनगढी, वैशाख २ गते। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका छन् । चौधरीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेर चौधरी फर्किएका छन् । प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ। हाल ५३ सदस्यीय प्रदेश सभामा ५१ जना छन्। एक जनाको मृत्यु भएको र एक जनाको प्रदेश सभा सदस्यको पद खारेज भएको छ।

यसअघि आइतबार नै उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मण किशोर चौधरीले कांग्रेसका १८, उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक गरेर ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस