२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इरानले गर्यो इजरायलमाथि २०० भन्दा धेरै ड्रोन र मिसाइलमार्फत आक्रमण

Iran attack

काठमाडौं । इरानी सेनाले इजरायलमाथि २०० भन्दा धेरै ड्रोन र मिसाइलमार्फत आक्रमण गरेको छ । इजरायली सेनाले पनि हमलाको पुष्टि गरेको छ । अमेरिकी सेनाले केही ड्रोनहरू खसालेको दाबी गरेको छ भने इजरायलको आइरन डोम पनि केही मिसाइललाई रोक्न सफल भयो । स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलको सैन्य शिविरमा समेत क्षति पुगेको छ ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन । ह्वाइट हाउसले इरानले इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपतिले जारी गरेको बयानमा भनिएको छ, ‘हामी इरानको धम्कीविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौं र हामी दृढताका साथ उभिएका छौं ।

अमेरिकाले यसअघि नै इरानले आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी गरेको थियो । वास्तवमा यो इरानको जवाफी हमला हो । गत अप्रिल १ मा, इजरायलले सिरियामा इरानी दूतावास नजिकै हवाई आक्रमण गरेको थियो । जसमा इरानका दुई शीर्ष सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । आक्रमणमा अहिलेसम्म के कति हताहत भयो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस