२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यौन कार्यमा सामेल भएको रंगेहात भेटेपछि चर्चित अभिनेत्री पक्राउ, यसरी मोडलहरुपनि पठाउँथिन्

Casting director, actor Aarti Mittal arrested for allegedly running a prostitution racket in the film industry

काठमाडौं । भीआईपीहरुसँग पैसा लिएर यौन कार्यमा सामेल हुने गरेको अभियोगमा चर्चित अभिनेत्री पक्राउ परेकी छिन् । बलिउडमा c चलाएको आरोपमा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री आरती मित्तललाई पक्राउ गरेको हो । अपराध शाखाको युनिट ११ ले सोमबार (अप्रिल ११) गोरेगाउँबाट २ मोडललाई उद्धार गरेको थियो ।

आरतीले प्रत्येकलाई १५ हजार रुपैयाँ दिने वाचा गरेर यौन कार्यमा मोडल पठाएको खुलेपछि अभिनेत्री पक्राउ परेकी हुन् । क्राइम ब्रान्चको टोलीले होटलमा डमी ग्राहक पठाएर यो सनशनीपूर्ण जालोको गठबन्धन तोडेको थियो । आरती पक्राउपछि उद्धार गरिएका दुवै मोडललाई पुनःस्थापना केन्द्रमा पठाइएको छ । अभिनेत्री आरतीपनि भीआईपी ग्राहकसँग जाने गरेको ती मोडलले खुलाएका छन् ।

डमी ग्राहक पठाएर प्रहरीले अपराध पत्ता लगायो
टिओआईको रिपोर्ट अनुसार, पुलिस इन्स्पेक्टर मनोज सुतारले यस र्याकेटको बारेमा सूचना पाएका थिए। मनोजले एउटा टोली बनाए जसमा केहीलाई ग्राहक बनाएर होटलमा पठाए । यी डमी ग्राहकहरूले आरतीलाई सम्पर्क गरे र २ केटीहरू उपलब्ध गराउन भने। केटी पठाउन सकिने तर मोडल भएकाले आरतीले ६० हजार मागेकी थिइन् ।

आरतीले केटीहरूलाई अफर दिन्थिन्
आरती मित्तलले मोडलहरूसँग देह व्यापारका लागि राम्रो पैसा माग्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । आरती मित्तल अभिनेत्री हुनुका साथै कास्टिङ डाइरेक्टर पनि हुन् । उनले ‘अपनपान’ लगायत धेरै टिभी कार्यक्रममा काम गरिसकेकी छिन् । उनी चलचित्र उद्योगमा निकै लोकप्रिय छिन् ।

आरतीको यो फिल्म आर माधवनसँगै आउने थियो
केही समयअघि आरती मित्तलले सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । जसमा उनले छिट्टै अभिनेता आरकेसँग विवाह गर्ने बताएकी थिइन् । माधवन फिल्मको हिस्सा बन्न लागेको कुरापनि जानकारी दिएकी थिएन् । यस सेक्स र्याकेटमा आरतीसँग अरु को को जोडिएका छन् ? के बलिउडमा यस मामलामा अगाडि आउन बाँकी अनुहारहरू अझै छन् ? के स्टारहरुपनि संलग्न छन् ? यस्ता सबै प्रश्नको उत्तर प्रहरीले खोजिरहेको छ । गहिरो अनुशन्धान जरुरी रहेको प्रहरीले बताएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस