२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ मा गर्ने

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को २०८१ वैशाख ८ र ९ गते हुने बैठक र १० गते नेकपाको ७५औ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम गर्न गठित व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न भएको छ । समितिको बैठकमा महासचिव शंकर पोखरेलले पार्टी गठनको ७५ वर्ष पुगेको अवसरमा स्थापना दिवसको ऐतिहासिक दिन र महाधिवेशन प्रतिनिधि परिषद बैठक भव्य बनाउन व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले परिषद बैठक र स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्न महासचिव पोखरेलले बैठकमा निर्देशन समेत दिनु भयो ।

उपमहासचिव तथा व्यवस्थापन समितिका संयोजक बिष्णु रिमालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा संयोजक रिमालले व्यवस्थापनमा तोकिएको जिम्मेवारी पूरा गर्न तथा कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न कार्य विभाजनको खाका प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापन समितिमा लालबाबु पण्डित, काशीनाथ अधिकारी, राजन भट्टराई, राजेन्द्र गौतम, बिनोद श्रेष्ठ, माधव ढुङ्गेल, भीष्म अधिकारी, गगन बिष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस