२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ मा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। त्यस्तै गुल्शन झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे।

यसअघि मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान विरनदीप सिंहले अविजित ७२ रन बनाए। त्यस्तै सर्विन मुनियान्डीले ४१ र मोहम्मद अमिहरले १६ रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।

 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस