२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हावाहुरी र चट्याङसहितको वर्षाले उडान प्रभावित

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । आज दिउँसो हावाहारी, चट्याङसहितको वर्षा भएको हो । आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण क्षति हुनसक्ने भन्दै सतर्क रहन भनिएको छ । यसैबीच, प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान समेत प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएका हुन ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस