२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रियसभा उपाध्यक्षद्धारा शपथग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै भनेको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष विमला घिमिरेज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।’

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस