२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो बन्यो प्रदीप र बेनिशाको ‘एक्लो १’ को थिम पोस्टर

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘एक्लो १’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको निर्माण टिमले सोमबार नाम र थिम पोस्टर सार्वजनिक गरेको हो । यो फिल्मलाई सिक्वेलको रुपमा निर्माण गर्ने तयारी समेत गरिएको छ । साईफाई–जोम्बी थ्रिलर फिल्मलाई ३ भागमा तयार पारिनेछ । सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेश सुटमा प्रस्तुत गरिएको छ । स्पेश सुटमा नेपालको झण्डालाई समेत प्रयोग गरिएको छ ।

यो फिल्ममा नायक प्रदीप खड्का, नायिका बेनिशा हमालको साथमा विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, सुनिल थापा मुख्य भूमिकामा देखिदैछन् । शाइ प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । क्षितिज सुवेदी कार्यकारी निर्माता रहेको यो फिल्मको छायांकन साउनबाट सुरु हुनेछ । यो फिल्मको छायांकनका लागि अन्तरिक्षमा जाने रकेटको निर्माणको तयारी भइरहेको छ ।

फिल्मको थिम पोस्टरले पनि यसपटक प्रदीप शाहीले केही नयाँ कथा खोजेको बुझ्न सकिन्छ । फिल्मले नेपाल र अन्तरिक्षविचको कनेक्शन देखाउने अड्कल गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस