२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राप्रपाले काठमाडौंमा एक लाख प्रर्दशनकारी उतार्ने, व्यवस्था उलटफेर ल्याउन निषेध क्षेत्र तोड्ने

२७ चैत, काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

त्यसैले राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने छन् । प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि नै बारम्बार आज निषेध क्षेत्र तोड्ने चेतवानी दिँदै आएका छन् । प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा तोड्न सक्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस